बलिउड स्टार सलमान खानका लागि मरिहत्ते गर्ने फ्यानहरुको कमी छैन । पछिल्लो फिल्म सुल्तान रिलिज भएपछि चाहीँ कुस्तीवाजहरु पनि सलमानको फ्यान बनेका छन् ।
तर सुल्तान फिल्मको जुन प्रभाव भारतको कानपुरस्थित चन्दु कुस्ती अखडा परेको छ, त्यो निकै आश्चर्यजनक छ । उक्त पहलमानी अखडाका पहलमानहरुले सलमान खानलाई भगवानको दर्जा दिएर सलमानको पुजा गर्न सुरु गरेका छन् ।
कुस्ती लड्ने ती पहलमानहरुलाई सुल्तान यति मन पर्यो की सलमानलाई भगवानकै रुपमा पुज्न थाले । यतिमात्र कहाँ हो र ती कुस्तीवाजहरु हरेक विहान कुस्तीखानामा टाँगिएको सलमान खानको तस्वीरमा आरती गर्दछन् र सलमानको आशिर्वाद लिन्छन् ।
गत इदको अवसरमा रिलिज भएको सलमान खानको फिल्म सुल्तानले कैयन् रेकर्डहरु तोडेको छ । बक्स अफिसमा शानदार कमाई गरेको सुल्तानले झण्डै ३ अर्ब भारुको व्यापार गरिसकेकेा छ ।अनलाइन खबरबाट साभार



एक टिप्पणी भेजें