Latest Updates :

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सातजनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा......

SHARE THIS POST :





काठमाडौँ, २४ साउन । हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सातजनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ ।



पोप्टमार्टम गर्नकालागि मृतका शव शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो ।



नवजात शिशु बिरामी भएका कारण उपचारका लागि  गोरखाबाट लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एकेए कलसाइन हेलिकप्टर आज अपराह्न १२ः३२ बजे दुर्घटनामा परी सातजनाको मृत्यु भएको थियो ।



दुर्घटनामा परी मृत्यु हुनेमा चालक क्याप्टेन रन्जन लिम्बूका साथै यात्रु कितमान गुरुङ, आसामी गुरुङ, प्रिती गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, र एक जना नवजात शिशु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।



प्राधिकरणका अनुसार आज अपराह्न १२ः३२ बजे नुवाकोटको मदनपुर–९ बेतनी जङ्गलको चुच्चेभिरमा सो हेलिकप्टर दुर्घटना भएको थियो । तस्बिर:नागरिक
 

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger