बेवारीसे बालबालीकाकाे उपद्राे : रोकी राखेका तीन बसमा अागाे लगाइदिए...हेर्नुहोस'
पर्वत । पर्वत सदरमुकाम कुश्माबजारस्थित शिवालय चोक नजिकै रहेको बसपार्कमा पार्किङ गरिएका बसमा गएराति आगलागी भएको छ । बसपार्कमा पार्किङ गरी राखेको ग १ ख ४९३६ नम्बरको बसमा अचानक आगलागी हुँदा उक्त बस पूर्णरुपमा क्षति भएको छ । आगलागी हुँदा नजिकै पार्किङ गरी राखेको ना ४ ख ९०३७ नम्बरको र ध १ ख ५६९ नम्बरको बसमा समेत लाखौँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
उक्त आगलागी जिल्ला प्रहरी कार्यालयबाट ३० जनाको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । उक्त आगलागी बसपार्कमा डुल्ने बेवारिसे बालबालिकाले लगाएको भन्ने अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । बालबालिका फरार रहेको हुँदा खोजतलास कार्य भइरहेको जनाइएको छ ।
पुर्बेली न्युजबाट साभार
Loading...
लेबल:
News
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें