पाँच दिनदेखि बेपत्ता आमा मृत फेला, तीन छोराछोरी बेपत्ता....
पाँच दिनदेखि बेपत्ता रहेकी एक महिला मृत अवस्थामा भेटिएका छन् भने तीन छोराछोरी बेपत्ता छन्।
पाँच दिन अघि श्रीमान्सँग झगडा गरेर घरबाट हिडेकी बझाङ दहबगर–२ की २८ वर्षीया गोमादेवी बोहरा स्थानीय सङ्घार खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
बेपत्ता छोराछोरीको नाम खुल्न सकेको छैन। तीन बालबालिकामध्ये दुई छोरा र एक छोरी रहेको बताइएको छ। छोराछोरी आमासँगै घरबाट निस्किएको बताइएको छ। घटनास्थल सदरमुकाम चैनपुरबाट एक दिनको पैदल दूरीमा पर्छ। रासस
Loading...
लेबल:
News
Enjoy Yourself
Loading...




एक टिप्पणी भेजें