Latest Updates :

अदालतको विचित्र आदेश, भुतलाई १५ महिना जेल...हेर्नुहोस कस्तो अचम्म...

SHARE THIS POST :
बेलायतको पोर्टस्माउथमा किंगस्टन नामक एक समाधीस्थल हालैका दिनहरुमा निकै चर्चामा रहेको छ । उक्त समाधीस्थलमा केही दिनअघि भूत देखापरेको थियो ।

केही मानिसहरुले समाधीस्थलमा भूत देखिएको बारे स्थानीय पुलिसलाई जानकारी दिए । त्यसपछि पुलिसले उक्त भूत पक्रिने योजना बनायो र एकरात भूत पक्रिछाड्यो । उक्त भूतलाई बेलायतको एक अदालतले अन्ततः १५ महिनाको जेल सजाय सुनायो र उक्त भूत अहिले जेल सजाय काटिरहेको छ ।

साँच्चीकै अपत्यारिलो छ यो समाचार झ्वाट्ट सुन्दा । वास्तवमा समाधीस्थलमा देखिने उक्त भूत निकै डरलाग्दो थियो र यसले डरलाग्दो आवाज निकाल्थ्यो । रातको समयमा हात माथि उठाएर नाच्दथ्यो पनि । भूतलाई देखेर मानिसहरु निकै डराउँथे । भूतकै डरले मानिसहरु उक्त समाधीस्थल नजिक हुँदै जाने बाटो हिँड्न पनि छाडेका थिए ।

इसरी मानिसहरुलाई आतंकति बनाउने भूतको बारेमा उजरी आएपछि पुलिसलाई शंका लाग्यो र उसले उक्त भूतलाई पक्रिने योजना बनायो । पुलिसले एकदिन ढुकेर रातमा उक्त भूतलाई पक्रिइछाड्यो ।

भुतलाई पक्रेर उसका बाहिरी मुखुण्डो खोलेर हेर्दा पो थाहा भयो त्यो भूत रहेनछ २४ वर्षको एक युवक पो रहेछ । भूत बनेर तर्साउने उक्त युवकको नाम एन्थोनी स्टेल्याण्ड हो ।

उक्त युवकले आफ्नो गल्ती पुलिससामु स्विकार्यो । तर उसले किन त्यसो गरेको हो भन्ने चाहीँ खुलेको छैन । उक्त युवकको विरुद्धमा प्रहरीले मानिसहरुलाई त्रसित पारेको र समाधिस्थलमा नोक्सान पूराएको आरोपमा अदालतमा मुद्धा हाल्यो र अदालतले भूत बन्ने त्यो युवकलाई १५ महिनाको जेल सजायँ सुनाएको छ ।एजेन्सीको सहयोगमा

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger