Latest Updates :

साडी पसल मन पराउने विचित्रको साँढे...हेर्नुहोस

SHARE THIS POST :



सुन्दर वस्त्र लगाएका महिलाहरुप्रति पुरुषहरुको आकर्षण हुनु सामान्य कुरा हो । तर महिला सुन्दरताका लागि केवल मान्छे पुरुष मात्र होइन पशु पनि मरिहत्ते गर्दोरहेछ । भारतमा एउटा साँढे महिलाका साडी भनेपछि हुरुक्कै हुने गरेको छ ।

भारतको बनासरस्थित गोदौलिया बजारमा रहेको एक साडी पसलमा हरेक साँझ एउटा साँढे आएर बस्दछ । साडी दुकानमा छिरेर उक्त साँढेले कसैलाई केही गर्दैन, मज्जाले हावा खान्छ अनि सायद साडी किन्न आउने महिलाहरुलाई पनि हेर्दछ होला ।

हिन्दु धर्मको हबको रुपमा रहेको बनारसमा साँढेलाई शिवको वाहनको रुपमा पुजा  गरिन्छ र सम्मान पनि दिइन्छ । बनारसको सडकमा सयौँ छाडा साँढे रहेका छन् । ती छाडा साँढेको हेरचाह नगरपालिकाले गर्ने गर्दछ ।अनलाइन खबरबाट साभार 
 

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger