Latest Updates :

कालो दिन भन्दै पूर्वका नौ जिल्ला बन्द, जनजीबन कष्टकर....हेर्नुहोस

SHARE THIS POST :



२२ साउन, ताप्लेजुङ । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले आह्वान गरेको बन्दका कारण शनिबार पूर्वी नेपालको जनजीबन विहानैदेखि प्रभाबित बनेको छ ।

पृथ्वी नारायण शाहले एकिकरण गरेर लिम्बुवान राज्य खोसेको बिरोधमा परिषदले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ भन्दै बन्द आह्वान गर्दछ ।

पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, ईलाम, सुनसरी, मोरङ र झापामा यातायातका साधनहरु चलेका छैनन् । बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन नसक्दा जनजीबन कष्टकर बनेको छ । बजार पसल, शिक्षण संस्था, उद्योग धन्दालगायतमा पनि बन्दको प्रभाव परेको छ । बन्दका कारण यात्रामा रहेका सर्वसाधारण बढी मारमा परेका छन् ।

एम्बुलेन्स, प्रेस, लगायत आकस्मिक सेवाका सवारी साधन भने सञ्चालनमा छन् ।अनलाइन खबरबाट साभार 
 

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger