Latest Updates :

चीनसंग टक्कर लिन भारतकाे यस्ताे तयारी : रसियासंग मिलेर शक्तिशाली हतियार बनाउँदै.....हेर्नुहोस

SHARE THIS POST :

भारतले चीनसंग टक्कर लिन रसियासंग मिलेर निकै शक्तिशाली हतियार विकास गर्दैछ। ब्रह्मोस नाम दिइएको यो हतियार सुपरसोनिक मिसाइल हो। यो हतियारको नयाँ भर्जन निर्माणको लागि भारत सरकारले अनुमति दिइसकेको छ। भारत-चीन सीमाको पहाडी इलाका लक्षित युद्धको लागि भारतले यो हतियारको नयाँ भर्जन निर्माण गर्न लागेको हो।

भारतको ब्रह्मपुत्र र रसियाको मस्कोभा नदिको नाम मिलाएर यसको नाम ब्रह्मोस राखिएको हो। पानीजहाज, वायुयान तथा जमिनबाट प्रहार गर्न मिल्ने यो मिसाइल सुपरसोनिक छ। यो म्याक २.८ (३४५७.४४ किलोमिटर प्रति घण्टा) को गतिमा उडान भर्न सक्षम छ। यो छोटो दुरीको मिसाइल हो। यसले २९० किलोमिटर परसम्मको लक्षमा प्रहार गर्ने सामर्थ राख्छ।

एउटा ब्रह्मोस मिसाइलको करिब २.७३ मिलियन डलर मूल्य पर्न आउँछ। जमिन र पानीबाट ३००० किलोग्राम र वायुयानबाट प्रहार गर्ने मिसाइलको तौल २५०० किलोग्राम छ। ८.४ मिटर लामो यो मिसाइल २ फिट मोटो छ।

ब्रह्मोस मिसाइलको पहिलो पटक सन् २००१ जुन १२ मा टेस्ट फायर गरिएको थियो। त्यसपछि सन् २००४, २००८ मार्च, २००८ डिसेम्बरमा अन्य टेस्ट परिक्षण गरिएका थिए। सन् २००९ जनवरी २० मा पहिलो पटक नेभिगेसन प्रणाली सहित टेस्ट परिक्षण गर्दा मिसाइल लक्षमा प्रहार गर्न असफल भएको थियो। सन् २०१० सेप्टेम्बर ५ मा पानीजहाजबाट प्रहार गरिएको ब्रह्मोसको सुपरसोनिक गतिले विश्व रेकर्डसमेत कायम गरेको थियो। यो मिसाइलको विशेषता नै यसको उच्च गतिले लक्ष भेदन गर्नु हो। एजेन्सी

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger