Latest Updates :

बालिका हत्याका आरोपी पक्राउ गर्ने प्रहरी हवल्दार भए “पुलिस अफ दि मन्थ”....

SHARE THIS POST :
विराटनगर / पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले झापाकी ११ वर्षिया बालिका हत्याका आरोपी पक्राउ गर्ने प्रहरी हवल्दार याम चन्द्र कार्कीलाई असार महिनाको “पुलिस अफ दि मन्थ” बाट सम्मान गरेको छ।

ईलाका प्रहरी कार्यालय धुलावारीमा कार्यरत प्रहरी हवल्दार कार्कीले झापा बुधवारे ५ ईन्द्रेणी चोकस्थित मावली घर आएकी बालिकाको घाँटी रेटेर हत्या गरी फरार रहेका आरोपी लुकेको स्थानबारे गोप्य सूचना संकलन गरी पक्राउ गर्न मद्दत गरेका थिए। झापा दुवागढी ९ स्थित साकम्बरी प्रोडक्ट उधोगमा आगजनी गरी ३३ लाख बढीको क्षति गराउने समुहका चार जनालाई पक्राउ गर्न मद्दत पुर्याए वापत “पुलिस अफ दि मन्थ” को रुपमा चयन गरिएको हो ।

कार्कीबाट सम्पादित कार्यबाट जस्तो सुकै गम्भीर प्रकृतीका अपराधी पनि कानूनी दायरामा ल्याउन प्रहरी सफल हुने सन्देश जानुकासाथै नागरिकहरुमा प्रहरी प्रतिको विश्वाअस वृद्धि हुने भएकोले सम्पादित कार्यको कदर गर्दै प्रोत्साहन घोषणा गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।पुर्बेली न्युजबाट  साभार


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger