Latest Updates :

पत्रकार अस्विनीले प्रचण्ड प्रधानमन्त्री रहुन्जेल टिभीको समचार नहेर्ने ! आखिर किनत ? कुरो गहिरो रहेछ !...हेर्नुहोस

SHARE THIS POST :


१९ साउन, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा बुधबार निर्वाचित भएका छन् । प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि २०६५ सालमा पनि प्रचण्ड प्रधानमन्त्री बनेका थिए । यसै क्रममा नेपालको राजनीति देखि सर्वसाधारण दुखित छन् | सर्वसाधारण भन्छन जुन प्रधानमन्त्री आए पनि जनताले कहिले सुख शान्ति पाउने होइन भन्दै सामाजिक संजालमा आर्कोस पोखेको पनि देख्न सकिन्छ | यसै क्रममा आज प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा पत्रकार अस्विनी कोइरालाले लेखे मनै चुटाउने स्ट्याटस लेखेर सामाजिक संजालमा पोस्ट गरेका छन् |
अस्विनी कोइरालाको स्तट्स जस्ताको तस्तै

”कतिपयलाई तितो लाग्नेछ तर सत्य हो । अब ९ महिनाका लागि हाम्रो घरमा टेलिभिजन करिब करिब बन्द हुनेछ । खुले पनि समाचार हेरिनेछैन । पत्रकारको घरमा समाचार नै हेर्न नपर्ने अवस्था के आइलाग्यो होला, प्रश्न गम्भीर मात्रै होइन आश्चर्यजनक पनि छ ।
मेरा साना बा प्रहरीमा जागीरे हुनुहुन्थ्यो । यही सानो आम्दानीबाट ३ सन्तान र मेरी सानिमाको जीवन चलिरहेको थियो । २०५४ सालमा रामेछापको बेथान प्रहरी चौकीको प्रमुख भएका बेला माओवादीले आक्रमण गरे । प्रहरीलाई आत्मसमर्पण गर्न लगाइयो । तर आत्मसमर्पण गरेका प्रहरीलाई लाइन लगाएर बञ्चरोले काटियो । (लुटिएको बन्दुकको गोली बचाउन त्यसो गरिएको रे ) चौकी प्रमुख भएको अपराधमा मेरा साना बालाई अधकल्चो अवस्थामा, अलिकति खाल्डो खनेर, टाउको मात्र खाल्डोमा गाडेर हत्या गरियो ।
त्यो बेला कान्छी छोरी ३ वर्षकी थिइन् । उनी जति ठूली हुँदै गइन्, आफ्नो बुवाको हत्या गर्ने व्यक्ति माओवादी र प्रचण्ड हो भन्ने बुझाई उनको मनमा गढ्दै गएको रहेछ । मैले त्यसको सुईंको पाएको थिइन । अथवा यसो भनौं, याद गरेको रहेनछु । उनको मनमा के बित्दैछ, हामी बुझ्न असमर्थ रहेछौं ।

केही समय यता उनी मसँगै बस्दैछिन् । हिजो ध्यान दिएर टेलिजिभनमा समाचार हेर्दै थिए । समाचारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निश्चित भएको समाचार आउँदै थियो । उनले फूत्त रिमोर्ट तानिन् र टेलिभिजन अफ गरिन् । मलाई झनक्क रिस उठ्यो । गाली गर्न उनीतिर फर्किएको, उनको आँखाभरी आँशु रहेछ । मैले अँगालो हाल्न बाहेक के गर्न सक्थेँ र

माफ गर पूजा, म प्रचण्ड प्रधानमन्त्री हुन्जेल तिम्रोअघि टेलिभिजन खोल्ने छैन । स्मार्ट फोनका कारण पनि तिमीबाट लुकेरै टेलिभिजन हेर्न अब अप्ठ्यारो छैन । तिमी प्राय मौन नै रहन्छौ । त्यसैले सबै पीडा बुझ्न असमर्थ छु । तर यति भन्छु, यो हाम्रो नियति हो । यो दु:ख तिम्रौ मात्र होइन, १७ हजार नागरिका लाखौं सन्तानको हो ।
मलाई पनि लाग्छ, के प्रचण्ड प्रधानमन्त्री बनाउन मात्र त्यत्रो मान्छे मर्न–मार्ने अवस्था आएको थियो ? त्यो युद्ध र तिमी जस्तालाई यो अवस्था बनाउनु पर्ने बाध्यता थियो ? अब मलाई पनि राम्रैसँग बुझ्न थालेको छु । म पनि तिमी जस्तै विवस छु, प्रिये । यहाँ भन्दा अघि म केही भन्न सक्तिन ।
मलाई माफ गर ।”साझा पेजबाट


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger