Latest Updates :

भारतविरुद्ध बोल्नै चाहदैनन मधेसी नेता अाखिर किन ? कारण यस्ताे छ !

SHARE THIS POST :
काठमाण्डाै । दुई दशकको अवधिमा भारतले बाँकेको सीमा क्षेत्रमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँधजस्तो सडक बनायो। लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण एक दशकभन्दा बढी समयदेखि राप्ती नदी आसपासका बासिन्दाले डुबान, कटान र पटान समस्या भोग्दै आएका छन्।

हिरमिनिया, साइगाउँ र साधापुरमा दसगजासँगै सटाएर भारतले बाँधजस्तो सडक बनाउँदा नेपाली भूमि डुबाउन हुने समस्या निम्त्याएको छ।  भारतले अन्तर्राष्ट्रिय नियमविपरीत बाँध र सडक निर्माण गरेर नेपालको तराई क्षेत्रलाई डुबाउने नियत राखेको कुरा बाँकेका मधेसकेन्द्रीत दललाई राम्ररी थाहा छ।


तर, उनीहरु भारतविरुद्ध खुलेर बोल्न चाहँदैनन्। मधेसी समुदायको हक अधिकारको कुरा गर्ने यी दलले भारतको बलजफ्ती विरुद्ध खुलेर नबोल्दा बाढी र डुवानपीडित आश्चर्यमा छन्।
‘मधेसी दलले मधेसी जनताका हक अधिकारलाई देखावटी मुद्दा मात्रै बनाए, जसले हामीलाई वर्षौदेखि डुबाएर राखेको छ, उसका विरुद्ध कहिल्यै बोल्ने आँट गरेनन्, हिरमिनिया–४ का डुवानपीडित गुरुदिन यादवले भने। भारतीय बाँधविरुद्ध अहिलेसम्म मधेसवादी दलका नेता कसैले पनि बोलेको उनले सुनेका छैनन्। अाजकाे नागरिक दैनिकमा खबर छ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger