Latest Updates :

मलेसिया र खाडीका ५७ कम्पनीमा नेपाली कामदार पठाउन रोक तर किन ? कारण यस्ताे छ !

SHARE THIS POST :
काठमाडौं । सरकारले मलेसिया र खाडी मुलुकका ५७ वटा कम्पनीमा नेपाली कामदार पठाउन प्रतिवन्ध लगाएको छ । कामदारलाई बिचल्लीमा पार्नेक्रम चुलिएपछि ती कम्पनीका सधैका लागि कामदार पठाउन बन्द गरिएको हो ।


कागजमा आकर्षक तलवसुविधाको आश्वासन दिने तर व्यवहारमा त्यस अनुसारका कार्यान्वयन नगरेका दर्जनौं उजुरीका आधारमा सरकारले ती कम्पनीमा कामदार पठाउन रोक लगाएको हाे । नेपाल एक सय १० वता मुलुकमा कामदार पठाउन खुल्ला गरेको भए पनि कारबाहीमा परेका सबै कम्पनी मलेसिया, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स गरी जम्म चारवटा देशका मात्र छन् ।

ती मुलुकका केही कम्पनीले विदेशी कामदार मगाएर अलपत्र पारेको समेत वैदेशिक रोजगार विभागमा उजुरी परेको छ । नेपालले कालोसूचीमा राखेकामध्ये फर्निचर, कटन, टावल, क्लिनिङ क्षेत्रसँग सम्बन्धि कम्पनीहरु रहेका छन् । कामदार पठाउन प्रतिवन्ध लगाएका ५७ मध्ये ५२ वटा मलेसियाका कम्पनी रहेका छन् ।आजको अन्नपूर्ण पाेस्टमा खबर छ ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger