Latest Updates :

अनौठो वगैँचा जहाँ फक्रिएका छन् रातमा चम्किने गुलाव......हेर्नुहोस

SHARE THIS POST :
तपाइले रातो, निलो, कालो, पहेँलो तथा गुलाबीका साथै सेतो रंगका गुलाब पनि देख्नुभएको छ । तर के तपाइँले एलइडी बल्वजस्तै चम्किने गुलाब देख्नुभएको छ ? यदि देख्नुभएको छैन भने अब कम्तिमा तस्वीरमा भएपनि हेर्नुस् ।

हामीले एउटा यस्तो वगैँचाको बारेमा बताउँदैछौँ जहाँ हजारौँको संख्यामा गुलाब फुलाइएको छ जो रातमा चन्द्रमाले जस्तै प्रकाश दिन्छन् ।

चीनको हुबेइ प्रान्तमा एउटा यस्तो अचम्मको वगैचा रहेको छ, गुलाबका फूलले बनेको । त्यहाँका गुलाब रातमा चम्किन्छन् । रातमा चम्किने गुलाब भनेपछि अचम्ममा नपर्ने कुरै भएन । वास्तवमा ती वास्तविक गुलाबका बोट होइनन् । एलइडी बल्बका गुलाब हुन् ।यी काँचका गुलाब निकै सुन्दर देखिन्छन् । यो बगैँचामा ५२ हजार गोटा यस्ता एलइडी गुलाब छन् ।

हुबेइका जोडीहरुलाई रोमान्स गर्ने राम्रो ठाउँ बनिरहेको छ यो गुलाबी वगैँचा । यसअघि यस्ता एलइडी बल्बका गुलाबी बगैँचाहरु दक्षिण कोरियाको सिओल र हंगकंगमा समेत बनिसकेका छन् ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger