देउवालाई पार्टीकी यी नेतृले दिइन् आत्महत्या गर्ने चेतावनी, माग के हो ?....हेर्नुहोस
काठमाडौं, २० साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीकी एक नेतृले आत्महत्या गर्ने चेतावनी दिएकी छिन् ।
पार्टीको भातृ संगठन नेपाल विद्यार्थीसंघको महाधिवेशन हुनुपर्ने माग गर्दै अनशनरत विद्यार्थी नेता गणेश सापकोटाकी पत्नी तथा नेविसंघकी नेतृगौरी पौडेलले पतिको अनशन तोड्न आवश्यक कदम नचाले आत्महत्या गर्ने चेतावनी दिएकी हुन् ।
विहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस सभापति देउवाको नाममा एक पत्र लेख्दै गौरीले आफ्ना पति गणेश सापकोटालाई अनशनकै क्रममा केही भएमा आफू पनि प्रजातन्त्रका नाममा बलिदान हुने उल्लेख गरेकी छन् ।bhanea
उनले चेतावनी दिँदै लेखेकी छन्- ‘उहाँको मन जसरि पार्टिमा समर्पित छ मेरो मन त्यसैगरि उहाँमै आश्रित छ । बाग्लुङ्गका यी बस्ति र देश सेवा गर्ने अठोट मा निस्कनु भएको पति तथा उहाँको साथि रत्नहरि ढुंगेलको समेत जिवन रक्षा गरिदिनुहुन विक्षिप्त हृदय बाट हार्दिक अनुरोध गर्दछु । उहाँकी अर्धाङ्गिनी भएकी हुनाले यी स–साना बच्चा र सिउँदोलाई साक्षी राखेर भन्न चाहान्छु ‘तलमाथि नराम्रो केहि भएमा तपाईका नाममा प्रजातन्त्र माग्दै मेरो पनि बलिदानि आइपुग्ने पक्का छ ।’
देउवालाई स्मरण गराउँदै उनले अगाडि लेखेकी छिन्, उहाँको स्वास्थ्य निक्कै बिग्रिएको थियो । अहिले पुन पार्टिको आन्तरिक बिवादका कारण ६ दिनदेखि आमरण अनशनमा बस्नुभएको छ ।’ प्रजातान्त्रिक पार्टीभित्र प्रजातन्त्रको खोजी गर्दा गर्दै तिमीहरुको बुवा ‘…’ मैले यी नावालकहरुलाई कसरि सुनाउन सक्छु ?’
भातृ संगठनकी नेतृले आत्महत्या गर्ने चेतावनी दिएपछि कांग्रेसमा नयाँ तरंग पैदा भएको छ ।
दैनिक नेपालबाट साभर
Loading...
लेबल:
Amazing
Enjoy Yourself
Loading...




एक टिप्पणी भेजें