इटहरीकाे पशुपति गेष्ट हाउस अघि श्रेष्ठकाे शव फेला : हत्या या अात्महत्या अनुशन्धान जारी : प्रहरी.....
इटहरी / सुनसरीकाे इटहरीस्थित पशुपति गेष्ट हाउसकाे प्राङगणमा बुधबार बिहान एक ब्याक्तीकाे शव बरामद भएपछि हत्या या अात्महत्या बारे प्रहरीले अनुशन्धान अघि बढाएकाे छ । उक्त गेष्ट हाउसकाे प्राङगणबाट काठमाण्डाै निवासी ४० बर्षीय सुरन श्रेष्ठकाे शव बरामद गरी अनुशन्धान अघी बढाएकाे हाे ।
श्रेष्ठ मंगलबार बिहान काठमाण्डाैबाट साे गेष्ट हाउसमा अाएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । उनकाे मृत्युकाे बिषयलार्इ लिएर गेस्ट हाउसमा रहेका केहिलार्इ नियन्त्रणमा लिर्इ साेधपुछ अघि बढाइएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार मंगलबार मध्य राती गस्तीकाे क्रममा गेष्ट हाउसअघी ४० बर्षिय श्रेष्ठकाे शव बरामद गरेकाे घटना सम्बन्धी अनुशन्धान अघि बढाइएकाे बताएकाे छ । अनुसन्धान जारी रहेकाे कारण श्रेष्ठकाे हत्या या अात्महत्या केहि भन्न नमिल्ने प्रहरीले जनाएकाे छ ।
यता पशुपति गेष्ट हाउसका मेनेजर सुरेन्द्र घिमिरेका अनुसार मंगलबार बिहान काठमाण्डाैबाट श्रेष्ठ गेष्ठ हाउसमा अाएकाे र तेश्राे तल्लाकाे काेठा बुकिङ गरेर बसेकाे तर उनकाे साथमा अरू काेही नअाएकाे बताएका छन । मंगलबा राती मदिरा सेवन गरी श्रेष्ठ सुतेकाे र प्रहरीले मध्यरातमा बाेलाएर जानकारी गराउदा मात्र अाफुले उनकाे मृत्युबारे जानकारी पाएकाे बताए । उनका अनुसार मृतक श्रेष्ठले नसाकाे सुरमा गेस्टहाउसकाे तेश्राे तल्लाबाट हाम फालेर अात्महत्या गरेकाे हुन सक्ने बताए ।पुर्बेली न्युजबाट साभार
Loading...
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें