Latest Updates :

खुट्टा बाउँडिने वा मासु फर्कने कारण थाहा छ ?....हेर्नुहोस्

SHARE THIS POST :

तपाईं हामी मध्य धेरैलाई खुट्टा बाउँडिने अथवा मासु फर्किने समस्याले सताउँछ । तर त्यो किन हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । यसबाट बँच्न तथा यो समस्याबाट जोगिन निम्न कुरामा ध्यान दिनु जरुरी छ ।

मांसपेशी बाउँडिने अथवा फर्कने कारणहरु यस्ता छन्-


पानीको कमीः शरीरमा पानीको कमीले गर्दा पनि मानिसहरुलाई मांसपेशी बाउँडिने समस्या हुने गर्छ । शरीरमा पानी कम हुँदा शरीरमा पौष्टिक तत्वको कमी हुन्छ । शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले गर्दा इलेक्ट्रोलाईको मात्रा विग्रने हुँदा यो समस्या उब्जन्छ ।

बसाई नमिलेमाः हामीमध्य धेरैजसो बसाईंमा त्यति ध्यान दिँदैनौ । जसले गर्दा शरीरमा बसाईंको तालमेल मिल्दैन । यसल शरीरको एउटा भागमा मात्र प्रेसर पर्न गई उक्त भागमा पोषण लगायतको अक्सिजनको कमी भएर मासु बाउँडिने गर्दछ ।

रक्तसञ्चार राम्रो नभएमाः शरीरमा रक्त सञ्चार राम्ररी नभएमा पनि मासु बाँउडिने गर्दछ । यसको रोकथामका लागि उक्त भागलाई कस्ने भन्दा पनि तातो लगाएर रक्त सञ्चारलाई प्रभावकारी बनाउनु पर्दछ ।

पोटासियमको कमीः
पोटासियमको कमीले पनि शरीरमा इलेक्ट्रोलाईटको मात्रा विग्रन्छ । जसले गर्दा खुट्टा बौडिने, मासु फर्कने लगायतका समस्या देखा पर्छ । यसबाट बच्न तथा शरीरमा पोटासियमको मात्रा बढाउन केरा, पात भएका तरकारी, ड्राई फुड्स लगायतका पोटासियमयुक्त खाना खानु उचित हुन्छ ।अनलाइनखबरबाट


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger