ओली सरकारको निर्णय उल्टाउँदै प्रचण्ड, १४ जनालाई संकट....हेर्नुहोस
काठमाडौं, २१ साउन । केपी ओली नेतृत्वको सरकारले संसदीय सुनुवाईका लागि सिफारिस गरेको राजदूतमध्ये केहीको नाम वर्तमान नयाँ सरकारले फिर्ता लिने भएको छ ।
स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषद बैठकले २२ मध्ये राजनीतिक पृष्ठभूमिबाट सिफारिस गरिएका १४ जना राजदूतहरुको नाम फिर्ता लिने तयारी भएको हो ।oli
पराराष्ट्र सेवाबाट आएका आठ राजदूतको भने कारबाही प्रक्रिया अगाडि बढ्नेछ । ओली सरकारले परराष्ट्र सेवाका ८ सहित २२ देशका लागि राजदूत सिफारिस गरेको थियो ।
परराष्ट्र सेवाबाट प्रस्तावित राजदूत सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झबिन्द्रप्रसाद अर्याल, डा दुर्गाबहादुर सुवेदी र लोकबहादुर थापाको सुनुवाइ भइ सकेको छ । उनीहरू राजदूत हुने पक्का भएको छ ।
राजनीतिक पृष्ठभूमिका महेन्द्रबहादुर पाण्डे, डा खड्गबहादुर के.सी., डा नारदनाथ भारद्वाज वाग्ले, डा शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की, युवनाथ लम्साल, प्रा डा. महेन्द्रप्रसाद सिंह राजपुत, पदम सुन्दास, लक्की शेर्पा, खगेन्द्र बस्न्यात, भरतबहादुर रायमाझी, निरञ्जनकुमार थापा र शर्मिला पराजुली ढकाललाई नयाँ सरकारले राजदूत नबनाउने तयारी गरेको छ ।दैनिक नेपालबाट साभार
Loading...
लेबल:
News
Enjoy Yourself
Loading...




एक टिप्पणी भेजें