प्रचण्डले एनसेलबाट २० अर्ब र पूर्व लडाकुको सात अर्ब सहित २७ अर्ब भ्रष्टाचार गरेको खुलासा....हेर्नुहोस...
एकीकृत माओवादीमा रहेका नेता कायकर्ताहरु पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्तिमा लाग्न थाले पछि पार्टी नेतृत्वले गरेको भ्रष्टाचारको विषय छताछुल्ल हुन थालेको छ ।
यसैक्रममा एमाओवादीका पूर्व नेता गंगानारायण श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २७ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
नयाँ शक्ति निर्माण अभियानका क्रममा सिन्धुली पुगेका श्रेष्ठले बुधबार सञ्चारकर्मीहरुसँग कुराको कुराकानीमा माओवादी लडाकुको सुविधा कटौती गरी प्रचण्डले सो रकम हिनामिना गरेको खुलासा गरेका हुन् ।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनको सल्लाहकार समेत रहेको श्रेष्ठले एमाओवादीमा हुने गरेको भ्रष्टाचारको छानबीन गर्न प्रचण्डले नै रोकेको उनको आरोप छ ।
प्रचण्डले एनसेलबाट लिएको २० अर्ब र पूर्व लडाकुको सात अर्ब रुपैयाँ अनियमितता गरेको उनको दावी छ।दैनिक नेपालबाट साभार
Loading...
लेबल:
News
Enjoy Yourself
Loading...




एक टिप्पणी भेजें