Latest Updates :

प्रधानमन्त्रीको चुनाव आज, प्रचण्ड एक्ला उमेदवार.....हेर्नुहोस ..

SHARE THIS POST :


१९ साउन, काठमाडौं । नयाँ प्रधानमन्त्री छनोट गर्न अाज व्यवस्थापिका–संसद् निर्वाचन हुँदै छ । संविधानको धारा २९८ को उपधारा ३ अनुसार संसदमा बुधबार बिहान ११ बजे प्रधानमन्त्रीको निर्वाचन हुन लागेको हो ।

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्र उम्मेदवारी दर्ता भएको छ । प्रचण्डको प्रस्तावकमा कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा र समर्थनमा १६ दलले समर्थन गरेका छन् ।

व्यवस्थापिका–संसद् नियमावलीको नियम ४९ को उपनियम ४ अनुसार प्रधानमन्त्रीका एक्ला उम्मेदवार प्रचण्डले आफ्नो उम्मेदवारीको सूचना संसद् बैठकमा प्रस्तुत गर्नेछन् । प्रस्तावक र समर्थक सदस्यले समर्थन गर्नेछन् ।

प्रस्तावक र समर्थकले बोलेपछि सभामुखबाट निर्णयार्थ प्रस्तुत हुनेछ । सभामुखले उम्मेदवारको पक्ष र विपक्षका सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी)मा प्रवेश गराएर मत विभाजन हुनेछ ।

मत विभाजन गर्दा संसदमा तत्काल कायम सदस्य संख्याको बहुमत दुई सय ९८ मत ल्याउनुपर्ने हुन्छ । प्रचण्डको प्रस्तावक र समर्थक दलको सदस्य संख्या गणना गर्दा पनि उनी प्रस्ट बहुमतमा छन् । मत विभाजनपछि सभामुखबाट मत परिणामसँग प्रधानमन्त्री निर्वाचित भएको घोषणा हुनेछ ।

नेकपा एमालेले प्रधानमन्त्रीमा उमेदवार उठाएको छैन । उसले कांग्रेस माओवादी गठबन्धनका उमेदवारको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।अनलाइन खबरबाट साभार


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger