Latest Updates :

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो.....हेर्नुहोस...

SHARE THIS POST :

१८ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोेलिमय पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटि्टतेल र एलपीजी ग्यासको मूल्य घटाएको हो ।

नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९७ रुपैयाँमा पाइनेछ । यसअघि ९९ रुपैयाँ लिटरको पेट्रोलका २ रुपैयाँ मूल्य घटाइएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

यस्तै डिजेल र मटि्टतेल लिटरमा २ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७३ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटि्टतेल प्रतिलिटर ७५ रुपैयाँमा पाइन्थ्यो ।

एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २५ रुपैयाँ सस्तिएको छ । यसअघि १४ सय रुपैयाँ प्रतिसिलिन्डरमा पाइने ग्यास अब १३ सय ७५ रुपैयाँमै पाइने प्रवक्ता घिमिरे बताए ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।
अनलाइन खबरबाट साभार


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger