Latest Updates :

फेसबुकमा बच्चाको तस्वीर हालेमा जेल हुन सक्ने.....पुरा पठ्नुहोस

SHARE THIS POST :
निकट भविष्यमा आफ्ना बच्चाको तस्वीर फेसबुकमा हाल्न अभिभावकले अनिवार्य रूपमा तिनको अनुमति लिनुपर्ने सम्भावना प्रबल हुँदै गएको छ । बाल बच्चाको अनुमतिविना सामाजिक सञ्जालमा तिनको तस्वीर पोष्ट गरेमा अभिभावकलाई जेल सजायसमेत हुन सक्छ ।

किनभने, निकट भविष्यमै यससम्बन्धी कडा नियम कानून बन्ने सम्भावना देखिएको छ । त्यसैले, तस्वीर पोष्ट गर्ने बानी भएकाहरूले यसलाई हटाउने तथा व्यवस्थापन गर्ने्तिर ध्यान दिन जरुरी छ ।

वास्तवमा यो नियम फ्रान्समा गोपनीयताअन्तर्गत लागू हुने सम्भावना छ । यो नियम लागू भएमा अभिभावकले बच्चाहरूको इच्छाविपरीत तिनको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेमा तिनले उनीहरूविरुद्ध अदालतमा मुद्दा दायर गर्न सक्नेछन् ।

अहिलेसम्म यो नियम लागू भने गरिएको छैन । तर, नियम लागू भएमा कसैले यसको उल्लङ्घन गरे तिनलाई ३५ हजार अमेरिकी डलर सम्मको जरीवाना हुन सक्ने बताइएको छ । (एजेन्सी)

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger