Latest Updates :

१२ वर्षीया प्रमिलाको पाँच हजार लिएर बिहे......हेर्नुहोस

SHARE THIS POST :

इटहरीको रामगनर भुटाह गाविस ५ का खलखल मरिकले बेहुला पक्षबाट पाँच हजार रुपैयाँ लिएर आफ्नी १२ वर्षीया नावालिका छोरीको विवाह गरिदिएका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।
सुनसरीका दक्षिणी क्षेत्रमा रहेका अधिकांश गाविसमा बालबालिकाको विवाह गर्ने क्रम नरोकिएको समाचार संकलनका क्रममा गएका सञ्चारकर्मीसमक्ष खलखलले गरिबीका कारण अाफू नाबालिका छोरीको विवाह गर्न बाध्य भएको बताए।

उनले छोरी प्रमिलाको विवाह गर्दा सप्तरी घर भएका ज्वाइँ प्रभु मरिकले पाँच हजार दिन राजी भएपछि छोरीको विवाह गरिदिएको सुनाए। १२ वर्षमा विवाह गरेकी खलखल मरिककी छोरी प्रमिला अहिले १७ वर्ष पुगेकी छिन्।  १२ वर्षमा बालविवाहको सिकार बनेकी प्रमिला दुई सन्तानकी आमा भइसकेककी छन्।

उमेर नपुगी गर्भ बसेपछि प्रमिलाको पहिलो सन्तानको निधन भयो। उनले वर्ष दिनपछि अर्को सन्तान छोरा जन्माएकी थिइन। पहिलो सन्तान खेर गएको एक वर्ष नपुग्दै जन्मिएको प्रमिलाको दोस्रो सन्तानको पनि स्वास्ठ्य अवस्था राम्रो छैन्। छोरो जन्माएपछि उनको घरपरिवारमा खुसीयाली छाएपनि प्रमिलाको जीवन भने कहाली लाग्दो छ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger