काठमाडौं, १६ असार । चीनले नेपालसँगको सहमतिमै व्यापारिक मेलाका लागि खोलेको कोरला नाका अचानक बन्द गरेको छ ।
नेपालबाट चीनको स्वशासित क्षेत्र तिब्बतविरुद्ध अवाञ्छित गतिविधी भएको भन्दै नेपाली पक्षलाई जानकारी नदिएरै विहीबार अचानक नाका बन्द गरेको हो ।
लोमान्थाङका गाविस सचिव ज्ञानेन्द्र विष्टका अनुसार २५ दिनका लागि भन्दै असार १ गतेदेखि खुलेको थियो । तर, उक्त नाका अवाञ्छित क्रियाकलाप भएको गम्भीर आरोप लगाउँदै विहीबार ९ दिन अगावै ताला लगाएर नाका बन्द गरियो ।
दलाइ लामाका समर्थकहरु र केही भारतीयहरुले यो नाका प्रयोग गरेको आशंकापछि चिनियाँहरुले नाका बन्द गरेको व्यापारीहरुले बताएका छन् । उनीहरुका अनुसार २५ दिनको मेला लागेपनि व्यापार ७ दिन मात्रै भयो । आज १६ औं दिनमा नाका नै बन्द भयो । नाका खुलेको ७ दिनपछि चिनियाँ प्रहरीले चेकजाँचमा कडाइँ गरेपछि खासै व्यापार हुन नसकेको उनीहरुको गुनासो छ ।
यो नाका खुल्ने थाहा पाएर अमेरिकी राजदूत अनाइना बी टेप्लिज पनि असार १ गते मुस्ताङ पुगेकी थिइन् ।
दैनिक नेपालबाट



एक टिप्पणी भेजें