Latest Updates :

अाफ्नै सात बर्षीया छाेरी बलात्कार गर्ने निर्दयी बाबुलार्इ २३ बर्षकाे जेल सजाय.......हेर्नुहोस्

SHARE THIS POST :


बिराटनगर  / अाफ्नै सात बर्षीया नाबालिका  छाेरीलार्इ बलात्कार गरेकाे ठहर भएपछि जिल्ला अदालत माेरङले माेरङकाे काेशी हरैचा ४ निवासी  बाबु लखन उराबलार्इ २३ बर्षकाे जेल सजाय सुनाएकाे छ । निर्दयी बाबु उराब बिरूद्ध  १५ आसारमा मोरङ अदालतले २३ बर्ष कैद सजाय गरेको हो ।

अदालतका एक नम्बर न्यायधिश बिनोद मोहन आर्चायको इजलासले बाबु लखनलाई मुलुकी ऐन जर्बदस्ती करणीको महल ३ एक र हाडनाता करणीको महल ९ क मा उल्लेख भए अनुसार २३ बर्ष कैद सजाय सुनाएको क्षेस्तेदार नवराज दुलालले बताए । उनका अनुसार अदालतले पिडित बालिकालाई ३५ हजार जरीवना भराउने फैसला पनि गरेको छ ।

२८ चैत २०७१ मा यौनपिपासु बाबु लखनले आफनै सात बर्षकी नावालिका छोरीलाई निर्मतापुर्वक बलात्कार गरेको आरोपमा बेलबारी प्रहरीले पक्राउ गरेर अदालतमा जर्बदस्ती र हाडनाताकरणी अनुसार सजाय दिलाउन माग गर्दै मोरङ अदालतमा मुद्दा दर्ता गरेको थियो ।
कान्तिपुर समचार बाट


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger