Latest Updates :

विश्वकै सबैभन्दा गर्मी स्थान, जहाँ पानी पर्दैन र मानिस पग्लिन सक्छ.......हेर्नुहोस (फोटोफिचर)

SHARE THIS POST :

एजेन्सी । विश्वको सबैभन्दा गर्मी स्थान हो उत्तर अफ्रीका स्थित इथियोपीयाको । यहाँ गर्मीमा मात्र होइन जाडो मौसममा गए पनि फर्किने कल्पना नगरे पनि हुन्छ । जुन स्थानको नाम हो डानाकिल डिप्रेशन’।

‘डानाकिल डिप्रेशन’ विश्वकै सबैभन्दा गर्मी र सबैभन्दा गहिरो स्थान हो । तपाईहामी क्षणभर पनि अडिन नसक्ने स्थानमा मानिसको बसोबास समेत छ । यहाँ इथियोपियाको अफार समुदाय सदिऔँ वर्षदेखि बस्दै आएको छ । अफार समुदायले गर्मी मोसमलाई आफ्नो घर ठान्छ ।



‘डानाकिल डिप्रेशन’ लाई विश्वकै सबैभन्दा बढी तामक्रम भएको स्थान मानिन्छ किनकी यहाँको तामक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस भन्दा माथि नै हुन्छ । विश्वका अन्य गर्मी स्थानमा वर्षमा केही समय मात्रै यो तापक्रम मापन गरिन्छ । यहाँ वर्षा हुँदैन । भइहाले पनि अत्यन्तै न्यून हुन्छ ।



वर्षमा जम्मा १ सयदेखि २ सय मिलीमीटर वर्षा हुन्छ । ‘डानाकिल डिप्रेशन’मा मौसम मात्रै गर्मीले तात्दैन यसको जमिन भित्रको भागबाट समेत गर्मीका कारण उखुम पैदा हुन्छ ।

यदि तपाई यो स्थानमा पुग्नु भयो तपाई आँफुलाई पृथ्विमा नभई अन्य ग्रहमा गएको महशुस गर्नुहुनेछ । सन् १९७४ मा वैज्ञानिक डोनाल्ड जॉनसन र उनको टीमले यसलाई बाहिर जानकारीमा ल्याएका हुन् ।
मीडिया एनपीबाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger