Latest Updates :

किन हुन्छ त मन उदास कसरी जोगिने ? पुरा हेर्नुस पढ्नुस थाहापाई राख्नुस.......

SHARE THIS POST :
आधुनिक तीव्र प्रतिस्पर्धाको युगमा हरेक मानिसलाई आफ्नो जीवनको कुनै न कुनै क्षणमा उदासी ९डिप्रेसन० को कटु अनुभव हुने गर्छ। जब मानिसको जीवनमा कठिनाइ, असफलता, कुण्ठा तथा तीव्र तनाव उत्पन्न हुन्छ, तब व्यक्ति डिप्रेसनले सताइन थाल्छन्। तर अधिकांश यस्तो उदासी एकदुई दिनमा नै ठीक हुन्छ। मानिस पहिलाको अवस्थामा नै फर्कन्छ र पुनस् दैनिक जीवनमा रमाउन थाल्छ। तर तीनरचार हप्तासम्म यस्तो उदासी रहिरह्यो भने त्यो क्लिनिकल डिप्रेसन हुन सक्छ।

 त्यसैले सकारात्मक मनोविज्ञानका जन्मदाता मार्टिन सेलिगमैनले एक दृष्टिमा डिप्रेसनलाई दुई भागमा बाँड्न सकिन्छ। ती हुन्स् सामान्य डिप्रेसन (नर्मल डिप्रेसन) र क्लिनिकल डिप्रेसन। सामान्य डिप्रेसन (नर्मल डिप्रेसन) हरेक मानिसले अनुभव गरेका हुन्छन्। त्यो किनभने यो डिप्रेसन प्रत्यक्षरूपमा मानसिक पीडा तथा भौतिक नोक्सानी आदिसँग सम्बन्धित हुन्छ। जस्तो कि नोकरी खोजिरहेको युवकले नोकरी पाएन वा अन्तर्वार्तामा फेल भयो भने ऊ हतास हुन्छ, निराश हुन्छ। आफूले माया गर्नेले धोका दियो वा अस्वीकार गर्‍यो, पति वा पत्नीको मृत्यु भयो, व्यापारमा घाटा भयो, उमेर ढल्कँदै गयो। यस्तो अवस्थामा मानिसको मन उदास र खिन्न हुन्छ। मानिसको उत्साह मर्छ, मानिस आशाहीन हुन्छ।

 अनि उसको मनमा आफ्नो नकारात्मक आत्मछवि बन्छ। मानिसले ठीकसँग सोच्न र कार्य गर्न सक्दैन। उसलाई कसैसँग बोल्न तथा हाँसखेल गर्न रुचि लाग्दैन। तर केही दिनमा नै मानिस पूर्वावस्थामा फर्किन्छ भने यो सामान्य डिप्रेसन हो। यो आमरूपमा देखिन्छ। त्यसैले यस्तो डिप्रेसनलाई भावनाको रुघाखोकी ९कमनकोल्ड अफ इमोसन० पनि भनिन्छ। तर, मानसिक पीडा तथा भौतिक नोक्सानीको कारण वा बिना कारण ९अवगत नभएको कारण० यदि मानिस दुईतीन हप्तादेखि उदास तथा खिन्न रहँदै आएको छ भने त्यो क्लिनिकल डिप्रेसन हुन सक्छ। क्लिनिक डिप्रेसनको उपचार आवश्यक छ।


 त्यो किनभने डिप्रेसनको ठीक उपचार भएन भने डिप्रेसनले मानिसलाई मार्न सक्छ। एक अध्ययनका अनुसार १५-२५ प्रतिशत डिप्रेसनका रोगीहरूले आत्महत्या गर्ने गर्छन्। डिप्रेसनको मूल लक्षण भनेको उदासीनता तथा खिन्नता हो। डिप्रेसनबाट पीडित व्यक्तिको मन सधैं उदासी र निराशाले घेरिएको हुन्छ। कुनै पनि आनन्ददायक घटनाले उसलाई खुसी पार्दैन। डिप्रेसनको मनस्थिति आमरूपमा हुने उदासी र निराशाभन्दा फरक हुन्छ। हरेक मानिसको दैनिक जीवनमा उतारचढाव आउँछन्, केही समय रहन्छन्, तर सुखद घटनासँगै मन पुनस् खुसी हुन्छ। तर डिप्रेसनमा चाहीँ यस्तो हुँदैन।

कडा खालको डिप्रेसनका रोगी कहिल्यै खुसी देखिँदैनन्। यस्तै उदासीसँगै अरुचि पैदा हुनु, आत्मविश्वासमा कमी आउनु, इच्छाहरू मरेर जानु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु, सम्झना शक्तिमा कमी आउनु, चिडचिडापना बढ्नुजस्ता मानसिक लक्षणहरू तथा निद्रामा गडबढी, शरीरको तौल घट्नु वा बढ्नु, थकान तथा कमजोरी महसुस हुनु, टाउको भारी हुनु, दुख्नु, खानामा रुचि कम हँदै जानु वा धेरै खानु, यौन इच्छामा कमी आउनु, धड्कन बढ्नु, चक्कर लाग्नु आदि शारीरिक लक्षणहरू मध्ये तीनचार लक्षणहरू देखिएमा डिप्रेसनको शंका गर्नुपर्ने हुन्छ।

 यसका साथै आत्महत्याको विचार मनमा आउनु तथा आत्महत्याको कोसिस गर्नु आदिले यो रोगको गम्भीर स्थितिलाई दर्शाउँछ। डिप्रेसन यस्तो रोग हो, जसले कुनै पनि उमेर, लिंग तथा वर्गका व्यक्तिलाई आफ्नो सिकार बनाउन सक्छ। खासगरी महिला, नवयुवा तथा वृद्धवृद्धा यसको सिकार हुने भए तापनि ससाना कलिला बालबालिका तथा किशोरकिशोरहरू समेत डिप्रेसनको चपेटामा परेको देखिन्छ। अधिकांश विद्यार्थी यही डिप्रेसनका कारण नै पढाइलेखाइमा पछाडि पर्छन्। प्रमुख डिप्रेसन डीसीएमका अनुसार निम्नलिखित लक्षणहरू मध्ये लक्षण नम्बर दुईलगायत अन्य पाँच लक्षणहरू प्रायस् हरेक दिन दुई हप्तासम्म देखा पस्यो भने त्यसलाई प्रमुख डिप्रेसन मान्नुपर्छ। प्रायस् हरेक दिन उदासी वा डिप्रेस्ड मुड हुनु।

 बालक तथा किशोरमा चिडचिडापना हुनु। प्रायस् सबै किसिमका गतिविधिहरूप्रति रुचि तथा आनन्द घट्नु। भोक कम लाग्नु तथा वजन घट्नु वा भोक बढी लाग्नु तथा वजन बढ्नु। प्राय हरेक दिन निद्रा नलाग्नु वा बढी निद्रा लाग्नु। प्रायस् थकान तथा ऊर्जाहीन महसुस हुनु। मानसिक दुर्बलता र चिडचिडापना देखा पर्नु। सोच्ने शक्ति तथा एकाग्रता घट्नु, निर्णय गर्न असमर्थ हुनु। अपराध बोध हुनु, आफूलाई नितान्त एक्लो र असहाय महसुस गर्नु। नकारात्मक आत्मछवि बन्नु।

 चिन्ता र भय बढ्नु तथा आत्मविश्वास कमी हुनु। बारम्बार मृत्यु वा आत्महत्याको विचार आउनु। डिस्थिमिक डिप्रेसन डीसीएमका अनुसार निम्नलिखित लक्षणहरू, जुन कम्तीमा दुई वर्षदेखि प्रायस् हरेक दिन वा हरेक हप्ता देखा परेका छन् भने त्यसलाई डिस्थिमिक डिप्रेसन (जीर्ण डिप्रेसन) मान्नुपर्छ भोक कम लाग्नु वा बढी खानु निद्रामा कमि वा अति निद्रा। थकान वा ऊर्जाको कमी। आत्मविश्वासमा कमी। एकाग्रता तथा निर्णय क्षमतामा कमी। निराशाको अनुभव। तर, बालक तथा किशोरको हकमा एक वर्षदेखि यस्तो लक्षणहरू देखा पर्छ भने त्यो डीडी हुन सक्छ। अधिकांश डिस्थिमिक डिप्रेसन फिजिसियनद्वारा निदान भएको पाइँदैन। त्यसैले अधिकांश यस्ता रोगीहरूको जीवन ढुलमुल(ढुलमुल चलिरहेको हुन्छ।

 अर्को शब्दमा भन्ने हो भने यस्ता व्यक्तिहरूको जीवन चार्ज सकिन आँटेको मोबाइल जस्तो हुन्छ। त्यसैले यस्ता रोगीहरूले जीवनमा राम्रो प्रगति गर्न सक्दैनन्। कतिपय मानिस त बाल्यकालदेखि नै डिस्थिमिक डिप्रेसनको सिकार भई बुढेसकालसम्म धिपधिप जीवन बाँचेर मर्छन्। यहाँ अर्को उल्लेखनीय कुरा के भने डिस्थिमिक डिप्रेसनका कारण नै कतिपय बालबालिकाहरू पढाइलेखाइ तथा नेतृत्वदायी भूमिकामा पछाडि परेका हुन सक्छन्।

त्यसैले यस्ता बालबालिकाका अभिभावकहरू यसप्रति सचेत हुनुपर्छ र समयमै मनोचिकित्सकसँग सम्पर्क गर्नुपर्छ। डबल डिप्रेसन डिस्थिमिक डिप्रेसनका रोगीमा यदि मेजर डिप्रेसन पनि देखा पर्छ भने त्यसलाई डबल डिप्रेसन भनिन्छ। डिप्रेसनका २५ प्रतिशत रोगीहरूमा प्रमुख डिप्रेसन तथा डीडी दुवै देखा पर्छन्। तर, यस्तो डिप्रेसनका रोगीहरूको प्रमुख डिप्रेसन चाहिँ केवल प्रमुख डिप्रेसनका रोगीभन्दा छिटो निको हुन्छ। तर यस्ता रोगीहरूमा डीडी बाँकी नै रहने हुँदा उनीहरू पूर्णतया ठीक भएका हुँदैनन्। त्यसैले यस्ता रोगीहरूमा प्रमुख डिप्रेसन पुनस् छिटो देखा पर्न सक्दछ।

 डिप्रेसनको कारण डिप्रेसन विभिन्न कारणहरूले पैदा हुन्छ। जस्तो कि डिप्रेसन अनुवांशिक कारण, मस्तिष्क रसायनको असन्तुलन, भावनतात्मक, मनोगत तथा सामाजिक कारणहरूले पैदा हुने भएता पनि अधिकांश डिप्रेसनको जड भनेको जीवनमा घटेको तनावपूर्ण तथा हृदयाविदारक घटना नै हो। यसका साथै डिप्रेसन कतिपय दीर्घकालीन, जीर्ण तथा खतरनाक रोगहरू, जस्तै अल्जिहमर, पक्षघात, मुटुको रोग, एचआईभी एड्स आदिका कारणले पनि देखा पर्छ। हाइपोथायराडिज्मजस्ता रोगहरूले पनि डिप्रेसनको लक्षण देखाउँछन्। त्यसैले डिप्रेसनको सही पहिचान गर्नु आवश्यक छ।

 बेक डिप्रेसन इन्भेन्टरी (बीडीआई) सबैभन्दा सरल र प्रभावकारी डिप्रेसन टेस्ट हो। यो टेस्टबाट डिप्रेसन हो वा होइन, हो भने डिप्रेसन हल्का, मध्यम वा कडा, कस्तो खालको हो थाहा हुन्छ। यो टेस्टका लागि केवल ५-१० मिनेट समय लाग्छ। डिप्रेसन एक मानसिक रोग हो। यसले मन र मस्तिष्कलाई त असर गर्छगर्छ, शरीरका सम्पूर्ण अंगहरूमाथि नै कुप्रभाव पार्छ र मानिसलाई एउटा जिउँदो लास बनाइदिन्छ। मुटुको रोग पैदा गर्ने एउटा प्रमुख कारण डिप्रेसन हो। त्यसैले दुई सातादेखि डिप्रेसनका उपर्युक्त लक्षणहरू देखिएमा चिकित्सकसँग सम्पर्क गरी जति सक्दो छिटो यसको उपचारतिर लाग्नु उत्तम हुन्छ ।

 उचित औषधोपचारबाट डिप्रेसन बिलकुल ठीक हुन्छ। डिप्रेसनको उपचार कुनै पनि रोगको औषधोपचारका लागि ठीक निदान हुनु अति आवश्यक छ। किनभने टाउको ओखती नाइटोमा लगाएर हुँदैन। त्यसैले मानसिक रोगहरूको उचित निदानका लागि मनोचिकित्सक तथा मनोवैज्ञानिकहरूले पर्याप्त समय दिनु अति आवश्यक छ। एक मानसिक रोगीको स्वास्थ्य परीक्षण लागि कम्तीमा पनि एक घन्टा समय आवश्यक हुन्छ। रोगको ठीक निदान भएपछि मात्र सोही अनुसार औषधोपचार सुरु गर्नुपर्छ। डबल डिप्रेसनको हकमा एन्टिडिपे्रसेन्टस्सँगै साइकोथेरापी तथा जीवनशैली चिकित्सा प्रयोगमा ल्याउनु उचित हुन्छ। किनभने औषधिबाट मात्र डबल डिप्रेसनको उपचार गर्ने हो भने प्रमुख डिप्रेसन त छिट्टै ठीक हुन सक्छ। तर डिस्थिमिक डिप्रेसन बाँकी नै रहन्छ। यसप्रति मनोचिकित्सकको ध्यान नजान सक्छ।

 अनि डिप्रेसन उकलचिने सम्भावना हुन्छ। त्यसैले पनि यस्ता रोगीहरूले कग्निटिभ थेरापिस्टको सहयोग लिनु आवश्यक छ। किग्निटिभ बिहाभियर थेरापीले मानिसलाई डिप्रेसनबाट मुक्ति दिलाउनुको साथै मानिसलाई सकारात्मक जीवन जीउन तथा भविष्यमा आइपर्ने उधौली(उभौलीसँग कसरी मुकाबिला गर्ने भन्ने टेक्निकहरू समेत सिकाउँछ। जसले गर्दा डिप्रेसन उकलचिने सम्भावना कम हुन्छ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger