Latest Updates :

उदयपुरमा विच्छीले टोकेर शिक्षिकाको मृत्यु....

SHARE THIS POST :

उदयपुर / उदयपुरमा बिच्छीले टोकेर एक शिक्षिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–८ बगाहाकी २४ वर्षीया सीता बास्तोला रहेकी छिन ।

घाँस काट्न गएकी बास्तोलालाई बिच्छीले टोकेर बुधबार मृत्यु भएको स्थानीय छिमेकी मोहन बहादुर खत्रीले बताएका छन् । बास्तोलालाई मंगलबार विहान हातमा बिच्छीले टोकेर गम्भीर घाईते बनाएको थियो ।
तत्काल उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याइएकोमा उपचार हुन नसकेपछि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । तर, धरानमा आईसियु खाली नभएको भन्दै विराटनगर रिफर भएकी उनको बुधबार उपचारकै क्रममा मृत्यु भएको छिमेकी मोहन बहादुर खत्रीले बताए ।पुर्बेली न्युजबाट साभार


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger